‘लाइफ सेभिङ’ औषधी सहज उपलब्ध हुनुपर्ने माग - Pahilo Online

‘लाइफ सेभिङ’ औषधी सहज उपलब्ध हुनुपर्ने माग

writer

मोरङ । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले औषधी व्यवस्था विभागमै दर्ता भएका ‘लाइफ सेभिङ’ औषधी सहज उपलब्ध गराउन माग राख्दै औषधी व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिना र उपाध्यक्ष देशबन्धु ढकालले काठमाण्डौं पुगेर नेपाल औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

लाइभ सेभिङ औषधी सहज उपलब्ध नहँुदा विरामीको मृत्युसम्म हुन सक्ने भएकोले सहज आपूर्ति गराउनुपर्ने संघको माग छ । ‘नेपालमा सूचिकृत नभएका तर मानव जिवन बचाउन अत्यावस्यक पर्ने केहि औषधी अहिलेपनि कालो बजारीको माध्यमबाट विक्री वितरण भइरहेको छ । त्यसबाट मानिस मृत्युवरण गर्नबाट बचिरहेको अवस्थापनि हो । त्यस्ता औषधीलाई यहाँको कार्यकालमा कोलोबजारीको माध्यमबाट नभई कुनै माध्यमबाट व्यवस्थित गरि सबै औषधी व्यवसायीले आधिकारीक रुपमा सहज विक्री वितरण गर्ने अवस्था सृजना गर्न नेपाल औषधी व्यवसायी संघ मोरङको माग गर्दछ,’ संघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes