प्रदेश १ को छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु - Pahilo Online

प्रदेश १ को छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

writer

मोरङ । प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका ५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका ६ मा, स १ च १४४६ नम्बरको टाटासुमो र प्रदेश २–०१ ह ०७७४ नम्बरको टेम्पो एक आपसमा ठोक्किदा घाईते भएका टेम्पो चालक स्थानीय २६ बर्षीय हेमराज राईको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका २ मा को ११ प ९९५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा सवार रहेका सप्तरी कन्चनरुप नगरपालिका ११ का ३० बर्षीय रंजित सरदारको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तिनवटै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes