विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज पक्राउ - Pahilo Online

विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज पक्राउ

writer

मोरङ । नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज धनबहादुर विक विप्लव पक्राउ परेका छन् । प्रहरीले हतियार सहित पक्राउ गरेको छ। नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज धनबहादुर विकलाई बुढिगंगा ४ बाट पक्राउ गरिएको हो ।

मोरङ उद्योग व्यवसायीसँग चन्दा मागेर हैरान लगाउँदै आएका ३२ वर्षीय बिक संखुसभाको मादी नगरपालिका–४ ओखरबोटेका स्थायी बासिन्दा भएको खुलेको छ। विकलाई चन्दा माग्ने क्रममै रहेका बेला बुधबार नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए। प्रवक्ता राईका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा हतियारसहित विभिन्न सामानसमेत बरामद भएको थियो।

पक्राउ परेका विकलाई प्रहरीले मोरङ मिक्लाजुङ १ बर्खेमा हत्या गरिएको शिक्षक राजेन्द्र श्रेष्ठको हत्या कसूरमा समेत अनुसन्धान गर्ने भएको छ। शिक्षक श्रेष्ठको गत मंसीर २३ गते हत्या भएको थियो। उनको साथबाट अटोमेटिक पेस्तोल, गोली र विभिन्न नम्बर भएको सिमकार्ड, मोवाइल र को २४ प ४००५ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes