मितेरी च्यालेन्ज कप निर्धारित मितिमा नहुने:अब माघ २४ गतेबाट हुँदै - Pahilo Online

मितेरी च्यालेन्ज कप निर्धारित मितिमा नहुने:अब माघ २४ गतेबाट हुँदै

writer

​कानेपोखरी। मोरङको कानेपोखरी-०७ आइतबारे स्थित मितेरी युवा क्लबको आयोजनामा यहि माघ १० गतेबाट माघ २५ गतेसम्म संचालन हुने भनिएको मितेरी च्यालेन्ज कप-२०७७ निर्धारित मितिमा नहुने भएको छ। बिहिवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ मिति सार्वजनिक गरिएको हो।अब यस प्रतियोगिता माघ २४ गतेबाट फाल्गुन १ गतेसम्म संचालन हुने आयोजक क्लबका सचिव अनिल परियारले बताए।

भौतिक संरचना, प्राविधिक लगायतका कारणले गर्दा निर्धारित मितिमा खेल सञ्चालन गर्न नसकेको बताउदै हाल तोकिएको मितिमा च्यालेन्ज कप पक्का हुने परियारले जानकारी दिए। प्रतियोगितामा १ नं प्रदेश भित्रका ८ वटा फुटबल टिमको सहभागिता रहने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी गराएको हो। करिब ७ लाख धनराशी खर्च हुन सक्ने अनुमान गरिएको सो फुटबल प्रतियोगितामा प्रथम र दोश्रो हुने फुटबल टिमलाई क्रमशः ५१ हजार र ३१ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अमृत चेम्जोङले जानकारी दिए ।

प्रथम पुरस्कार रु ५१ हजार स्थानिय संन्जिब गुरुङ, देबनन्द गुरुङ र सुजन गुरुङले आफ्ना स्व. माता पिताको स्मृतिमा सौजन्य गरेका छ्न भने दोश्रो पुरस्कार स्थानिय टेकराज लिम्बु र राजेश राइले संयुक्त रुपमा प्रायोजन गर्ने आयोजक क्लबका अध्यक्ष चेम्जोङले बताए । कानेपोखरी ७ स्थित जनकल्याण मा.वि को खेलमैदानमा सम्पन्न हुने फुटबल प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट किपर, बेस्ट स्ट्राइकर, बेस्ट कोच, बेस्ट मिड्फिल्ड, बढी गोल र म्यान अफ दि म्याचलाई नगद ५ हजार सहित मेडल, प्रमाणपत्र प्रदान गरिनेछ भने म्यान अफ दि म्याच(दैनिक)लाई नगद २ हजारसहित मेडल प्रदान गरिने आयोजक क्लबका सचिव परियारले सुनाए ।

करिब ७ लाखको लागतमा सञ्चालन हुने यस प्रतियोगितामा कानेपोखरी गाउँपालिकाले १ लाख र ७ नम्बर वार्ड कार्यालयले ५० हजार रुपैयाँ र बाकी रकम स्थानियबाट संकलन गरिएको हो।यस प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा टेन्सवर्गको रहेको छ। दिनको ठिक २ बजेबाट सुरु हुने प्रतियोगितामा पहिलो खेल मितेरी युवा क्लब आयोजक र सतन युवा क्लब इटहरीका बिचमा हुनेछ। यस च्यालेन्ज कपमा डाँगीहाट फुटबल क्लब, सैनिक फुटबल क्लब झापा, गाइघाट युवा क्लब ,शसस्त्र प्रहरीको बिभागिय फुटबल टिम पकली , धरान फुटबल क्लब र ब्वाइज युनाइटेड काठमाण्डौका फुटबल टिमहरु सहभागी रहने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes