धरानमा वन भित्र झुन्डिएको अवस्थामा एक बृद्ध मृत फेला - Pahilo Online

धरानमा वन भित्र झुन्डिएको अवस्थामा एक बृद्ध मृत फेला

writer

सुनसरी । धरान १९ मा रहेको हरियाली सामुदायिक वनमा झुन्डिएको अवस्थामा धरान १६ का एक बृद्ध मृत फेला परेका छन् । सामुदायिक वनको १ नम्बर गेटदेखी करिब २ किलोमिटर दक्षिण वन क्षेत्रमा रूखको हागामा झुण्डिएको अवस्थामा धरान १६ जोरसखुवाका ६० वर्षीय भोजराज पुरी मृत फेला परेका हुन् ।

ज्याकेट, टोपी र माक्स समेत लगाएका पुरीलाई घाँस दाउँरा काट्न जानेले नाइलनको डोरीमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएसंगै इलाका प्रहरी टोलीले घटना स्थलमा पुगी अवाश्यक कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टम पश्च्यात शव परिवारलाई जिम्मा लगाएको कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् ।

बस्नेतका अनुसार मंगलबार सामान्य पारिवारी विवाद भएको अनुसन्धानानमा खुलेको छ । ‘सामान्य विवाद भएको, बेलुकी संगै खाना खाएर सुतेकामा उनि बिहान सबेरै उठेर हिडेका थिए । उनका ३ वटि छोरी र १ श्रीमती रहेछ छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes