सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतवार राती पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादैगरेको ऋभ् कम्पनीको बा ४ ख ७९८० नंम्बरको टिफर आफै अनियन्त्रित भई दुर्घटना हुँदा टिपरमा सवार रहेका बाग्मती नगरपालिका ४ मकवानपुरका ३३ बर्षीय राज कुमार मगर, सुरुङगा नगरपालिका ८ सप्तरीका १९ बर्षीय कृष्णराज चौधरी र धार्दिङका ३० बर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोही दुर्घटनामा घाईते भएका हेटौडा फापरवारीका २२ बर्षीय रमेश मगरको जिल्ला अस्पताल फाल्लुमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी झापाको दमक ४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज(सोमबार) विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा अटो चालक उर्लबारी ४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार सोही स्थानका ४९ बर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । साथै अटोमा सवार सुनसरी इनरुवा ७ का २४ बर्षीय सौजन मगर र दमक ४ का राजन सिलवाल समेत घाईते भएकोमा उनिहरुको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । एम्बुलेन्स र एम्बुलेन्स चालक दमक ४ का ५१ बर्षीय गणेश दंगाल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।