फेसन सो आयोजक भन्दै ठगी गर्ने झापाका २ जना युवा पक्राउ - Pahilo Online

फेसन सो आयोजक भन्दै ठगी गर्ने झापाका २ जना युवा पक्राउ

writer

मोरङ । झापाका २ युवकले फेसन सो आयोजक बताउँदै ठगी गरेपछि पक्रउ परेका छन् । एक व्यवसायीसँग एक ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका–६, महानन्द चोकका २० वर्षीय अनुप ढकाल र सारांश भट्टराई हुन् ।

बरामद सामग्रीमा एउटा ड्रोन, तीनवटा क्यामेरा, ५ वटा क्यामेरा ब्याट्री, मेमोरी कार्ड, रिफ्लेक्टर, माइक, पावर बैंक, चार्जर,ल्यापटप लगायतका सामाना रहेको प्रहरीले जनाएको छ । विराटनगरमा भव्य फेसन सोको आयोजना गर्ने भन्दै फोटो खिच्नका लागि सामग्रीहरु मगाउन लगाइ उनीहरुले कास्की पोखरा महानगरपालिका–२०, मलामस्थित योर डिजिटल फोटो गुड्स सेन्टरका सञ्चालक २८ वर्षीय विमल कार्कीलाई ठगेको प्रहरी अनुसन्धानमा खुलेको छ । मोरङका एसपी सन्तोष खड्काका अनुसार नियोजित ढंगले झापाका युवक ढकालले व्यवसायी कार्कीसँग फोनमार्फत सम्पर्क गरेर २४ पुसमा पेस्की स्वरुप ई–सेवाबाट चार हजार रुपैयाँ पठाएका थिए ।

पेस्की पाएपछि विश्वस्त भएर २५ पुसमा अर्डरका सामग्रीसहित आएका कार्कलाई ढकालले मोरङको बुढिगंगा गाउँपालिका–१, टंकिसिनवारीस्थित एक लजमा राखेका थिए । त्यसपछि खाना खाने बहानामा सुनसरी इटहरीस्थित प्राइम होटेलमा कार्कीलाई पु¥याएपछि ढकाल बेपत्ता भएका थिए । ‘शंका लागेर कार्कीले पनि आफू बसेको होटेलमा फर्केर कोठा चेक गर्दा फोटोग्राफी सामग्रीहरु लिएर ढकाल र उनको पर्दा पछाडिको साथी भट्टराई फरार भइसकेका थिए,’ एसपी खड्काले भने । रुँदै आएका ढकालको जाहेरी अनुसार मोरङ प्रहरी कार्यालयको टोलीले खोजतलास गर्दै जाँदा माघ १ गते सामानसहित घरबाटै ढकाल र भट्टराईलाई पक्राउ गरिएको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes