विराटचौक र दमकमा छिट्टै चेन होटल सञ्चालनमा आउदै - Pahilo Online

विराटचौक र दमकमा छिट्टै चेन होटल सञ्चालनमा आउदै

writer

मोरङ । पूर्वमा लोकप्रिय पीएलओ (पूर्वाञ्चल ल्युब आयल) ग्रुपले विराटचौक र दमकमा होटल सञ्चालनमा ल्याउने भएका छन् । ग्रुपले चेन होटेलको परिकल्पना गरि नयाँ क्षेत्रमा लगानी गरेको हो । ‘नेपलिरिका’ नाम दिइएको उक्त होटेल चेन मोरङको बिराटचोक र झापाको दमकमा संचालनमा ल्याउने तयारी गरिएको हो ।  मोरङको सुन्दर हरैंचा–९ मा १ बिघा ५ कट्ठा क्षेत्रफलमा निर्माणाधीन होटलमा ५१ वटा कोठा हुनेछन्। जसमध्ये एउटा प्रेसिडेन्सियल सुइट रुम र आठ वटा सुइट रुम हुनेछन् । होटलमा ४ कोठाका ५ वटा भिल्ला रहने छन्।

यसबाहेक ५ सय जना मानिस अटाउने दुई ब्याङ्केट हल र ५० जना क्षमताको एउटा मिटिङ हल निर्माणको चरणमा छ। होटलमा साउना स्टिम, ज्याकुजी, सलुन, जिम र जुम्बासहितको फिटनेस सेन्टरको निर्माण गरिएको छ। त्यस्तै दुई वटा रेस्टुरेन्ट, एउटा स्विमिङ पुल र एउटा कफी सप पनि राखिएको छ। होटलमा ६० करोडको लगानी पुग्ने अनुमान रहेको होटेलका निर्देशक आकाश दुलालले जानकारी दिए ।

झापाको दमक–६ भृकुटी चोकको १० कट्ठा जमिनमा निर्माणाधीन होटलमा ५२ कोठा हुनेछन्, जसमा ७ वटा कोठा सुइट रुमलाई छुट्याइएको छ। साथै एउटा बारसहितको रेस्टुरेन्ट, आठ सय जना अटाउने एउटा ब्याङ्केट हल, ५० जना क्षमताको एउटा सभा हल र एउटा स्विमिङ पुल निर्माणाधीन रहेको दुलालले बताए। होटेलको संचालन माघको अन्तिम साताबाट पूर्णरुपमा सुरु गरिने पनि दुलालले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes