मोटरसाइकल दुर्घटना परी झापामा दुई जनाको मृत्यु - Pahilo Online

मोटरसाइकल दुर्घटना परी झापामा दुई जनाको मृत्यु

writer

भद्रपुर । मेची राजमार्गमा अन्तरगत बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्ने चिया बगान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठोक्किँएर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । इलामको कन्याम घुमेर फर्किने क्रममा उनीहरु दुर्घटनामा परेका हुन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडा निवासी २१ वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २० वर्षीया हेमा महत रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

इलामबाट झापा झर्दै गरेको मे ७ प ९४६२ नम्बरको मोटरसाइकललाई मे १ ज २०९३ नम्बरको सुमोले ठक्कर दिएको थियो। दुर्घटना परी मोटरसाइकलमा चालक चौधरी र पछाडि सवार महत गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि बिएण्डी अस्पताल बिर्तामोड लगिएको थियो। अस्पतालका चिकित्सकले चालक चौधरीलाई पुर्याउन साथ मृत घोषणा गरिदिएका थिए भने महतको उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको हो।

माघे सङ्क्रान्तिको अवसरमा उनीहरू बिहीबार साथीभाइसँग इलामका कन्याम घुमेर फर्किने क्रममा दुर्घटनामा परेका थिए। यता दुवै जनाको मृत्युले अहिले सिङ्गो गाउँ नै शोकमग्न बनेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes