इटहरीको मुख्यचौकमा सार्वजनिक शौचालयको नहुदा सर्वसाधारण यात्रुलाई समस्या - Pahilo Online

इटहरीको मुख्यचौकमा सार्वजनिक शौचालयको नहुदा सर्वसाधारण यात्रुलाई समस्या

writer

इटहरी । प्रदेश १ कै व्यस्त र मुख्य व्यापारिक केन्द्र बन्दै गएको इटहरी उपमहानगरको मुख्य चोकमा सार्वजनिक शौचालय नभएकोले सर्वसाधारण जनतालाई समस्या हुने गरेको छ । आधुनिक सहरी जीवनमा शौचालय प्रतिष्ठाको विषय बने पनि तिनै सहरका सर्वसाधारण र जनप्रतिनिधिहरू कुनै बेला बटुवा बनेर पैदल यात्रा गरी चोकमा पुगे आफै समस्यामा पर्ने गरेका छन् ।

उनीहरूको समस्या नजिकैको होटल रेष्टुराँको निजी शौचालयमा पुगेपछि मात्र समाधान हुने गरेको छ । होटल व्यवसायी सङ्घ इटहरीका महासचिव उमेश दाहालले भने, ‘उपमहानगरपालिकाले सार्वजनिक शौचालय नबनाइदिएकाले दिसापिसाब गर्न नजिकैको होटल वा चिया पसल छिर्नुपर्ने बाध्यता छ ।’ उनले निजी क्षेत्रका व्यवसायीहरूलाई बटुवाहरूले दुःख दिएको बताए । उनले भने, ‘दिसापिसाब गर्ने ठाउँ अभावले हैरानी त छँदैछ, बिहानीपख शौच गर्नकै लागि होटलहरूमा आएर फोहोर गरिदिन्छन् ।’इटहरी चोकमा सार्वजनिक शौचालय नहुँदा अन्य सहर तथा गाउँदेखि किनमेलको लागि आउने सर्वसाधारण उपभोक्ताले सास्ती खेप्नुपरेको दाहालले बताए । लामो समयदेखिको शौैचालय अभाव अन्त्य गर्न तत्काल निर्माण गर्नुपर्ने उनको माग छ । यातायात व्यवसायी गौरी लामाले सार्वजनिक शौचालय नहुँदा बटुवाहरूले दैनिक सास्ती खेप्नु परेको बताए । इटहरीको पुरानो होटल हीरा होटलका सञ्चालक प्रकाश महतोले इटहरीमा शौचालयको चरम अभाव हुँदा आफूहरूलाई समस्या परिरहेको बताए ।

उनीले भने, ‘दैनिक सय जनाभन्दा बढी त दिसापिसाब गर्ने मात्र होटलमा आउँछन् । शौचालय नजानुहोस् भन्न पनि मिलेन, आफ्नो होटलको शौचालय सार्वजनिक नै जतिको भएको छ ।’ आधुनिक जीवनशैली अपनाउनेहरूका लागि अचेल प्रतिष्ठा र सौखको विषय बनेको शौचालय प्रदेश १ कै व्यस्त सहर मानिएको इटहरी उपमहानगरमा सार्वजनिक शौचालय नहुनु लज्जाको विषय बनेको छ । जसका कारण सर्वसाधारण समस्यामा पर्दै आएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes