आवर विराटनगरको कार्यालयमा शारीरिक अपाङ्गता भएकाहरुलाई रोजगारी - Pahilo Online

आवर विराटनगरको कार्यालयमा शारीरिक अपाङ्गता भएकाहरुलाई रोजगारी

writer

मोरङ । आवर विराटनगर मिडिया प्रालिद्वारा संचालित आवर विराटनगरको कार्यालयमा बहिरा अपांगता भएकाहरुको लागि रोजगारीको व्यवस्था गरिएको छ । उर्जाशील अवसर फाउण्ड परियोजनाको लागी ‘द लेप्रोशी मिशन नेपाल’ र ओबि मिडिया प्रालि बिचको सहकार्यबाट दुईजना बहिरा अपांगता भएका व्यक्तिहरुले रोजगारीको अवसर प्राप्त गरेका छन् ।

अपाङ्गगता भएका व्यक्तिहरुलाई रोजगारको व्यवस्थापन गर्दै आएको फाउण्ड परियोजना (द लेप्रोशी मिशन नेपाल) ले सोमबार ओबि मिडियासँग आगामी दिनमा सहकार्य गर्दै जानको लागी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मिशनकोतर्फबाट क्लस्टर मेनेजर विपिन दास र ओबी मिडियाको तर्फबाट कार्यकारी निर्देशक सरोज कार्कीबिच सम्झौता पत्रमा हस्ताक्षर भई आदानप्रदान भएको थियो ।

सम्झौता अनुरुप मिसनले ओबि मिडियालाई अपांगमैत्री बनाउने कार्यमा सहकार्य गर्नेछ । यसका लागि सांकेतिक भाषासम्बद्ध दोभाषेको उपलब्धता, र्याम्प तथा ह्विल चेयरको व्यवस्थापन, आवश्यक तालिमको व्यवस्था लगायतका कार्य गर्नेछ । हालसम्म ओबि मिडियामा तिन जना बहिरा अपांगता भएका व्यक्तिले रोजगारी पाइसक्नु भएको छ । आगामी दिनमा ओवी मिडियाले थप एक जना अपाङगता भएका व्यक्तिलाई रोजगारको व्यवस्थापन हुने गरि प्रशिक्षण दिने वातावरण मिलाएको कार्यकारी निर्देशक सरोज कार्कीले बताउनु भएको छ ।

साथै फाउण्ड परियोजना अन्तर्गत अपाङ्गगता भएका व्यक्तिहरुको औपाचारिक रोजगारी तथा पेशा छनोट गर्नको लागी सिप तथा बुझाईको लागी विभिन्न निकायहरुसँग सहकार्य गर्ने गरेको क्लस्टर मेनेजर विपिन दासले जानकारी दिनुभयो । फाउण्ड परियोजनाको लागी ‘द लेप्रोशी मिशन नेपालले युके एडको आर्थिक सहयोगमा नेपाल उद्योग बाणिज्य महासंघ र राष्ट्रिय महासंघ साझेदारीको रुपमा काम गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes