पथरी शनिश्चरेको बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालयको उद्घाटन - Pahilo Online

पथरी शनिश्चरेको बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालयको उद्घाटन

writer

पथरी शनिश्चरे । भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग अन्तर्गत पथरी शनिश्चरे नगरको बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालयको सोमबार उद्घाटन भएको छ ।

आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईंले अन्तरक्रिया कार्यक्रमसँगसँगै नगरको इकाई कार्यालयको उद्घाटन् गरेका हुन् । नगरपालिका कार्यालयको आयोजनामा दलका प्रतिनिधि तथा नगरपालिकाद्वारा गठित सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका अगुवाहरुसँगको अन्तरक्रियामा बोल्दै गुरागाईंले आयोगले अव भूमि सम्बन्धी समस्या समाधान गरेरै छोड्ने बताए । उनले अघिल्ला आयोगका अधुरा कामहरु समेत सम्पन्न गर्ने आयोगको काम रहने पनि प्रष्ट्याए । १ नम्बर प्रदेशका पालिकाहरुमा बसोवास विवरण र तथ्याङ्क संकलन कार्य सुरु हुन थालेको बताए ।

उनले भूमिहिन सुकुम्बासीका साथ साथै जोतभोग र पूर्जामा समस्या भएका सहितका अव्यस्थित बसोबासीहरुको समस्या समाधानको काम थालिने जनाए । समस्या आएको ठाउँमा केन्द्रीय आयोग र सरकारको मन्त्री परिषदसम्म प्रतिवेदन पठाएर समाधान खोजिने उनले जानकारी गराए । उनले सहभागिले राखेका जिज्ञासाको जवाफ दिँदै सुझाव समेत ग्रहण गरे । कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख एवम् आयोगका नगर सहजिकरण समितिका संयोजक दिलीपकुमार राईले आयोगलाई सहयोग र सहजिकरणका लागि नगरले प्रत्येक वडामा ३ जनाका दरले कर्मचारी नियुक्त गरेको र अव चाँडै नै विवरण र तथ्याङ्क संकलन कार्य अघि बढाइने जानकारी गराए ।

अन्तरक्रियामा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्षहरु गोविन्दबहादुर भण्डारी, कपिलमणि ढकाल, सुकुम्बासी आयोगका पूर्व जिल्ला अध्यक्ष मानप्रसाद लिम्बू, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका अध्यक्ष जहरमान लिम्बू, सचिव देवेन्द्र वनेम, नेपाली कांग्रेसका नगर सभापति टेकबहादुर थापा, जनता समाजसवादी पार्टीका एलबी भण्डारी सहित दलका प्रतिनिधिहरुले धारणा राखेका थिए । उनीहरुले भूमिका सवैखाले समस्या एकसाथ समाधान गर्न प्रक्रिया अघि बढाउनु पर्ने सुझाव दिदै आफुहरुले सो कार्यमा सदैव साथ दिने पनि उल्लेख गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes