धनकुटा । धनकुटा बजारमा आईतवार विहान विद्यालय जाँदै गरेकी एक छात्राको ट्याक्टरको ट्रलीले किचेर घटना स्थल मै मृत्यु भएको छ । धनकुटा नगरपालिका वडा नं.८ पेलेकपाङ्ग घर भएकी वर्ष १५ की रेविका आठपहरिया राईको विद्यालय जाने क्रममा धनकुटा नगरपालिका–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा किचेर घटना स्थल मै मृत्यु भएको हो । उनी धनकुटा नगरपालिका–७ मा रहेको त्रिवेणी माविमा कक्षा–९ मा अध्ययनरत थिईन । दुर्घटना आईतवार विहान करिव ९.३० वजेको समयमा भएको हो । उनी आफ्नी वहिनी त्रिवेणी माविमा कक्षा–५ मा अध्ययनरत लोजिना आठपहरियासंगै विद्यालय जाने क्रममा दुर्घटनामा परेकी हुन् ।
दुर्घटनामा परि मृत्यु भएकी रेविकासंग त्रिवेणी मावि कै कक्षा–९ मै अध्ययरनत साथी मोनिका आठपहरिया र कक्षा–२ मा अध्ययनरत छात्र प्रतिक आठपहरिया पनि दुर्घटना परेकोवेला संगै थिए । उनीसंगै तिनै जना सकुशल रहेका छन् । घट्नामा परी मृत्यु भएकी छात्रा धनकुटा नगरपालिका –८ पेलेकपाङ्ग घर भएका इन्द्र आठपहरियाकी जेठी छोरी हुन । उनको २ छोरी त्रिवेणी माविको कक्षा–९ मा जेठी र कान्छी कक्षा–५ मा अध्ययन गर्दै आएका थिए । घटनाका स्थानिय प्रत्यक्षदर्शी देवान कान्छाले एकछिन विद्यार्थी आउँदैछन् ट्रली नहल्ला भन्दा भन्दै जर्वजस्ती ट्याक्टरका चालकले बालुवा अनलोड गर्दा ट्रली घोप्टीएर विद्यार्थीहरुलाई लागेको बताए । उनले विद्यार्थीहरु भाग्दा भाग्दै एक जनालाई भने ट्रलीले लागेर आफ्नो आँखै अगाडी रेविकाको मृत्यु भएको वताए ।
धनपा–७ का देवी श्रेष्ठको निर्माणधिन घरमा बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको हाईड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले वताए । ट्याक्टरका चालक भने दुर्घटना पछि भागेर प्रहरीको सम्पर्कमा पुगेका छन् । ट्याक्टर दुघ्र्रटनामा परी मृत्यु भएकी छात्रा आफ्नो विद्यलायको कक्षा–९ मा अध्ययरनत रहेकी छात्रा भएको त्रिवेणी माविका प्रधानाध्यापक दिपक पोख्रेलले वताए ।