मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोवाइल सफ्टवेयर सञ्चालन सम्बन्धि अभिमुखिकरण तालिम सुरु - Pahilo Online

मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोवाइल सफ्टवेयर सञ्चालन सम्बन्धि अभिमुखिकरण तालिम सुरु

writer

पथरी शनिश्चरे । अपाङ रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे नगरका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई गर्भवती महिला समक्ष जानकारी प्रदान गर्न मोवाइल सफ्टवेयर सञ्चालन सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम आइतबारबाट सुरु भएको छ ।

करुणा फाउण्डेशन्, प्रदेश सरकार र नगरपालिका कार्यालयको सहकार्यमा सञ्चालन थालिएको ‘अपाङ रोकथाम तथा पुनस्र्थापना कार्यक्रम’ अन्तर्गत ‘मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोवाइल स्वास्थ्य कार्यक्रम’ का निम्ति नगरमा रहेका ३० जना महिला स्वास्थ्य स्वयमसेविकालाई अभिमुखिकरण कार्यक्रम राखिएको हो । त्यसका लागि उनीहरुलाई मोवाइल समेत वितरण गरिएको छ ।


स्वयमसेविकाहरुले टोल टोलमा गएर गर्भवती महिलाहरुलाई भेटी गर्भवती भएपछि स्वस्थ बच्चा जन्माउन गर्ने स्वास्थ्य प्रक्रियाका क्रियाकलापको जानकारी गराउन उनीहरुको मोवाइल नम्वर लिने गर्दछन् । अनि आफुले प्रयोग गरेको सफ्टवेयरको माध्यमबाट गर्भवती दर्ता गराउने तथा गर्भवती भएपछि स्वास्थ्य प्रक्रियाका क्रियाकलापको जानकारी भएको म्यासेज महिलाहरुलाई मोवाइलमा आउने गर्दछ । गर्भवती भएपछि कुन कुन समयमा कम्तिमा ४ पटक शिशुको अवस्थाको बारेमा जाँच गर्ने ? कति पटक के के खोप लगाउने ? कहिले बच्चा जन्मिन्छ लगायतका स्वास्थ्य प्रक्रियाका बारेमा गर्भवतीको मोवाइलको नोटिफिकेशनमा म्यासेज आउने गर्दछ । मेडिक मोवाइल नामक संस्थाले यसखाले सफ्टवेयर ल्याएको हो ।

यसखाले प्रक्रियाका बारेमा नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यका साथै स्वास्थ्यकर्मीहरु जगत मगर, याम खड्का र रत्नकला गुरुङले अभिमुखिकरण कार्यक्रमको सहजिकरण गरका छन् । कार्यक्रमका अध्यक्ष नगर प्रमुख दिलीपकुमार राईले महिला स्वास्थ्य स्वयमसेवकाहरुलाई मोवाइल वितरण गरे । उनले अपाङ्गता जन्मलाई शून्यमा झार्ने तथा बाल तथा मातृ मृत्युदर न्यून बनाउने लक्ष्य अनुसार यो सहित पुनस्र्थापनका कार्यक्रमहरु सञ्चालनमा ल्याइएको जानकारी दिए । सोही कार्यक्रम अन्तर्गत हाल वडा वडामा अपाङ्गता भएकाहरुका लागि विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes