नगरमा सञ्चालन भएका तीन विकाश निर्माण योजनाको अनुगमन् - Pahilo Online

नगरमा सञ्चालन भएका तीन विकाश निर्माण योजनाको अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा सञ्चालन भएका योजनाहरु मध्ये आज ३ वटा साना पुल (बक्स कल्भर्ट) निर्माण योजनाको अनुगमन् भएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको संयोजकत्वको प्राविधिक सहितको टोलीले वडा नम्बर २ र ३ को सीमानामा पर्ने कसेनीस्थित लाटी होलीमा निर्मित पुलको अनुगमन् गरेको छ । वडाको विकट क्षेत्रको रुपमा चिनिने सो ठाउँमा २ र ३ नम्बर वडाको २१ लाख ३७ हजार ३ सय ४४ रुपैयाँको लगानीमा १० मिटर लम्बाई र ५ मिटर चौडाईको पुल निर्माण भएको हो ।

यसैगरी, वडा नम्बर ३ र ७ को सीमानाको रविचोकस्थित गोही होलीमा नगरपालिकाको ३४ लाख ५४ हजार १ सय ६२ रुपैयाँको लागतमा निर्मित ९ मिटर लम्बाई र ७ मिटर चौडाईको पुलको पनि टोलीले उसैगरी अनुगमन् गरेको छ । टोलीले वडा नम्वर ६ र ८ को सीमानाको कुशल बजार पश्चिम केर्खा खोलामा नगरको २४ लाख ९२ हजार २ सय ४ रुपैयाँको लागतमा निर्मित १० मिटर लम्बाई र ५ मिटर चौडाईको पुलको पनि अनुगमन् गरेको छ । अनुगमन् समिति सदस्यका रुपमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, कार्यपालिका सदस्य यामप्रसाद गुरागाईं र मैनाकुमारी राई लिम्बू तथा प्राविधिक दीपक आचार्य सहितको टोलीले अनुगमन् गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes