संखुवासभामा औंसाको प्रकोपको कारण सुन्तला उत्पादन घटेपछि किसान चिन्तित - Pahilo Online

संखुवासभामा औंसाको प्रकोपको कारण सुन्तला उत्पादन घटेपछि किसान चिन्तित

writer

संखुवासभा । औंसाकिराको प्रकोपको कारण संखुवासभामा सुन्तला उत्पादन घटेको छ । यस्तो समस्या भएपछि किसान चिन्तित बनेका छन् । औंसा किराको प्रकोप बढेपछि काठमाडौंबाट विज्ञको टोली संखुवासभा आइपुगेको कृषि ज्ञान केन्द्र संखुवासभाका प्रमुख गोविन्द आर्चायले जानकारी दिए ।

राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमका प्रमुख तथा वैज्ञानिक डा. उमेशकुमार आचार्य र वैज्ञानिक रोशन रोक्का संखुवासभा आएका छन्। टोलीले खाँदबारी नगरपालिका–४ गैरीपांमा रहेको बगानमा पुगेर सुन्तलाको अनुगमन र अध्ययन गरेको ज्ञान केन्द्रका प्राविधिक सरोज राईले जानकारी दिए।

गत वर्षहरुको तुलनामा यस वर्ष सुन्तला उत्पादन घटेको केन्द्रले जनाएको छ। फूल फुल्ने समयमा अत्यधिक वर्षा भएका कारण फूल झरेकाले बोटमा दाना कम बसेको खाँदबारी–४ का विरेश राईले बताए। औंसा किराका कारण सुन्तला नपाकी झर्ने गरेको किसानहरुले बताएका छन्। उत्पादन घटे पनि मूल्य भने बढेको राईले बताए। अघिल्लो वर्ष मंसिर, पुस र माघमा प्रतिकेजी ८० देखि ९० रुपैयाँमा पाइने सुन्तला अहिले १५० रुपैयाँसम्म बिक्री भएको छ।

संखुवासभामा खाँदबारी नगरपालिकाको गैरीपांमा, लोकेपांमा, डाँडा, सेकाहा, माल्टा, पाङ्ठा र लेलुवालगायतको ठाउँहरुमा सुन्तला उत्पादन हुने गरेको छ। सिलिचोङ गाउँपालिकाको माङ्तेवा, याफु, चैनपुर नगरपालिका र मादी नगरपालिकाभित्रका विभिन्न ठाउँलाई सुन्तला उत्पादनका लागि प्रख्यात मानिन्छ। तर, यी सबै ठाउँहरुमा औंसा किराको प्रकोपले उत्पादन घटेको छ।

अधिकांश ठाउँबाट सुन्तलामा किरा लागेको गुनासो आएपछि स्थलगत रुपमा गएर अवलोकन गरेको र सुन्तलाको दानाभित्र औंसा किरा भेटिएको कृषि ज्ञान केन्द्र संखुवासभाका प्रमुख गोविन्द आचार्यले बताए। गत वर्षदेखि सुन्तलामा औंसा किरा देखिन थालेको आर्चायको भनाइ छ। केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा एक हजार ३८७ मेट्रिकटन र आर्थिक वर्ष २०७६र७७ मा एक हजार ७९२ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes