प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता माघ ३ गतेदेखी १० गतेसम्म - Pahilo Online

प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता माघ ३ गतेदेखी १० गतेसम्म

writer

सनम रोक्का । कानेपोखरी । मोरङको पथरी शनिश्चरे–०८ मा स्थापित मंगलबारे–शुक्रबारे फुटबल क्लबको आयोजनामा प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

यसै क्लबका अध्यक्ष कमल लावतीका अनुसार यस प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार राशी प्राप्त गर्ने बताए। उनले दोश्रो हुने टिमले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए। साथै, विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडी र टिमलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने जनाए ।

यहि माघ ३ गतेदेखी १० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको अनुमानित लागत रु २ लाख ५० हजार हुने अनुमान गरिएको छ । सोमध्ये ५० हजार वडाले प्रदान गरेको छ भने अन्य रकम स्थानीय र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुबाट सहयोग संकलन हुने क्रम जारी रहेको छ । प्रतियोगितमा स्थानीय क्लबसहित धरान, मधुमल्ला, बेलबारी , इटहरी, झापालगायतका समूहगरि ८ समूहले भाग लिने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes