सभापोखरीमा ५ बेडको आधारभूत अस्पताल शिलान्यास - Pahilo Online

सभापोखरीमा ५ बेडको आधारभूत अस्पताल शिलान्यास

सदरमुकाम जानुपर्ने बाध्यता हट्ने विश्वास

writer

संखुवासभा । सभापोखरी गाउँपालिकामा ५ बेडको आधारभूत अस्पताल निर्माण हुने भएको छ । ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो। केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पु¥याउन देशभर अस्पताल निर्माण कार्य तीव्र बनाएको छ।

शनिबार एक कार्यक्रमबीच सभापोखरी गाउँपालिका–२ बगैँचामा ५ बेड क्षमताको आधारभूत अस्पताल शिलान्यास भएको हो। अस्पताल शिलान्यास गर्दे गाउँपालिका अध्यक्ष रत्न सुब्वाले भने यो क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिन घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यता चाँडै हट्ने बताए। अध्यक्ष सुब्वाले भने, ‘अब आफ्नै गाउँमा अस्पताल बनेपछि गाउँपालिकाभित्रका नागरिकले सदरमुकाम खाँदबारी र अन्य जिल्ला जानु पर्ने बाध्यता हट्नेछ।‘

गाँउमै अस्पताल बनेपछि घण्टौँ लगाएर डोकामा बोकेर सदरमुकाम जानुपर्ने बाध्यता हट्ने उपाध्यक्ष सीता दाहालले बताइन्। उनले भनिन्, ‘केन्द्रीय सरकारको नीतिअनुसार गत मंसिर १५ गते शिलान्यास हुन पर्ने भए पनि प्राविधिक कारणले सभापोखरीमा अस्पताल शिलान्यास गर्न ढिला भएको हो।’

यो अस्पतालबाट ११ हजारभन्दा बढी नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने उपाध्यक्ष दाहालको भनाइ छ। गाउँमै सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि स्थानियले खुसी ब्यक्त गरे। त्यस क्षेत्रमा सुविधा सम्पन्न अस्पताल नहुँदा निजी स्वास्थ्य संस्था तथा सदरमुकाम खाँदबारी आउनु पर्ने बाध्यता थियो। सभापोखरीमा ७ करोड ११ लाख ९८ हजार लागतमा भवन निर्माण हुनेछ। संखुवासभा खाँदबारी, पाँचखपन, धर्मदेवी, चैनपुर नगरपालिका र चिचिला गाउँपालिकामा केन्द्रिय सरकारको निती अनुसार नै गत मंसिर १५ गते अस्पताल शिलान्यास भइसकेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes