प्रदेश १ मा १३३ डिस्चार्ज, २६ संक्रमित थपिए - Pahilo Online

प्रदेश १ मा १३३ डिस्चार्ज, २६ संक्रमित थपिए

writer

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल र विराट अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ६५८ पुगेको छ ।

प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३, सुनसरीमा ७, धनकुटामा २, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा २–२, रतुवामाई र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ६ र कोशी गाउँपालिकामा १, धनकुटामा २, पाँचथरको फिदिम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमितको संख्या २९ हजार ८६९ पुगेको छ ।

प्रदेश १ मा आज ३५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ९ हजार ५९७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes