लागुऔषध सहित ३ जना पक्राउ - Pahilo Online

लागुऔषध सहित ३ जना पक्राउ

writer

मोरङ । मोरङका तिन छुट्टाछुट्टै स्थानहरुबाट आज दिउँसो लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे बिराटनगर १६ बाट सुन्दरहरैचा नगरपालिका ११ का ३२ बर्षीय कुशल चौधरीलाई लुपिजेसिक ६ एम्पुल, एभिल ६ एम्पुल, डाईजेलाब ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका २ का २४ बर्षीय अनिके राईलाई बिराटनगर १६ बाट लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, डाईजेलाब ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित आज दिउँसो १ बजे पक्राउ गरेको हो । यस्तै प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ का २८ बर्षीय अनिश नेपालीलाई नाईट्रोभेट टयाब्लेट २३ पिस , ippl ६ एम्पुल , डाईजोल्याव ६ एम्पुल , फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes