फाइजर बायोएनटेको कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि डब्लुएचओको अनुमति - Pahilo Online

फाइजर बायोएनटेको कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि डब्लुएचओको अनुमति

writer

काठमाडौं । फाइजर वायोएनटेकले उत्पादज गरेको कोरोना विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन डब्लुएचओले अनुमति प्रदान गरेको छ। नयाँ वर्ष २०२१ को पूर्वसन्ध्यामा बसेको संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सी डब्लुएचओको बैठकले आपतकालीन प्रयोगका लागि फाइजर बायोएनटेकको खोपलाई अनुमति प्रदान गरेको हो।

विश्वभरका खोप विज्ञहरुको सुझाव र यसको सम्भावित जोखिमबारेको अध्ययनपछि बेलायती कम्पनी फाइजर बायोएनटेकको खोपलाई अनुमति प्रदान गरिएको हो। डब्ल्युएचओले कोरोनाविरुद्धको खोपमा सबैको समान पहुँच हुनुपर्नेमा समेत जोड दिएको छ।

डब्ल्युएचओका सहायक महानिर्देशक डा. मारिएन्जेला सिमाओले विश्वभरका मानिसमा खोपको पहुँच स्थापित गर्ने दिशामा महत्वपूर्ण निर्णय भएको बताएका छन्। यो खोपलाई यसअघि बेलायत, अमेरिका, क्यानडा तथा केही खाडी देशहरुले अनुमति प्रदान गरिकसकेका छन्। ती देशमा खोप लगाउन सुरु भइसकेको छ। साथै अमेरिकाले अमेरिकी कम्पनी मोर्डेनाले उत्पादन गरेको खोपलाई पनि अनुमति दिइसकेको छ। त्यस्तै चीनले हिजो मात्रै चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप सिनाफार्म ज्याबलाई अनुमति प्रदान गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes