पथरी शनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना तय - Pahilo Online

पथरी शनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना तय

writer

पथरी शनिश्चरे । उद्योग, पर्यटन तथा आपूर्ति मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा मोरङको पथरी शनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना तय भएको छ ।

नगर प्रमुख एवम् नगर उद्यम विकास समितिका संयोजक दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न समितिको आजको बैठकमार्फत कार्ययोजना तय भएको हो । मन्त्रालयबाट प्राप्त २५ लाख रुपैयाँ अन्तर्गतको कार्यक्रमका लागि वडा नम्वर १, २ र ३ लाई छनौट गरिएको नगर प्रमुख राईले जनाए । उनले नगरको पहिचान झल्किने प्रकारका लघु उद्यम प्रवद्र्धन समेत गर्दै तोकिएको कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सम्वन्धित वडाका आर्थिक विपन्नहरुको सहकार्य र सहयोग आवश्यक रहेको बताए ।

लघु उद्यम विकास कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ बमोजिम तयार कार्ययोजना नगर कार्यपालिकामा स्वीकृतिका लागि पेश गरिने बैठकले निर्णय गरेको छ । बैठकमा, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, आर्थिक विकास समिति संयोजक यामप्रसाद गुरागाईं सहितको सहभागिता रहेको थियो ।

नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी ७० प्रतिशत महिला समेत ८० परिवारका लागि कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि अघिल्लो वर्ष वडा नम्वर ४, ५ र ७ मा सञ्चालन भएको कार्यक्रममा सहभागि ४१ परिवारलाई स्तरोन्नतीको योजना समेत रहेको छ । कार्यक्रमका लागि वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नु हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes