प्रदेश १ मा २४० डिस्चार्ज, २६ संक्रमित थपिए - Pahilo Online

प्रदेश १ मा २४० डिस्चार्ज, २६ संक्रमित थपिए

writer

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ । प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ र सुनसरीमा ६–६, झापा र धनकुटामा ४–४, खोटाङमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २, सुन्दरहरैचा, कानेपोखरी, पथरीशनिश्चरे र बुढीगंगामा १–१, सुनसरीको धरानमा ३, इटहरीमा २ र रामधुनीमा १, झापाको कनकाईमा २, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको सिदिङ्वामा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७५५ पुगेको छ ।

प्रदेश १ मा आज ३१७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ४७५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes