विराटनगर । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरुद्ध प्रचण्ड र माधबकुमार नेपाल समूहको नेकपाले विराटनगरमा मंगलबार प्रदर्शन गरेको छ। नेकपाले प्रतिनिधिसभा विघटनको विरुद्धमा विराटनगरमा शक्ति प्रदर्शन गरेको हो।
विराटनगरको वीरेन्द्र सभागृहबाट सुरु भएको जुलुसले अहिले नगर परिक्रमा गरेको थियो । गाँउगाँउबाट कार्यकर्ता उतारेको दाहाल नेपाल समूहले विरोध प्रदर्शनले विराटनगरका मुख्य चौकको परिक्रमापछि जनआन्दोलन चोकमा पुगेर सभामा परिणत गरेको थियो । कोण सभालाई प्रस्तावित संसदीय दलका नेता भीम आर्चाय लगायतका केन्दीय नेताहरुले सम्बोधन गरेको नेकपा मोरङले जनाएको छ।