सामाजिक विकास मन्त्री कार्कीद्धारा पदबहाली - Pahilo Online

सामाजिक विकास मन्त्री कार्कीद्धारा पदबहाली

writer

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ बमोजिम प्रादेशिक एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल व्यवस्थापन समिति गठन संवन्धि निर्णयमा हस्ताक्षर गरे ।

मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरुले स्वागत गरेका थिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले हिजो पदबाट राजीनामा दिएका थिए । उनको हिजै मन्त्रालयले विदाई गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes