पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत आज २ जनालाई ब्लाङ्केट वितरण गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलको सहभागितामा आज वडा नम्बर ७ का १, १० का १ लाई न्यानो कपडा ब्लाङ्केट वितरण भएको हो । वडा नम्वर १० मा कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य समेतको सहभागितामा सो वडामा ब्लाङ्केट वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तरराष्ट्रिय दिवशका सन्दर्भमा यसअघि अपाङ्गता भएका आर्थिक विपन्नलाई ह्विल चियर समेत वितरण गरिएको थियो ।