पाथीभरा क्षेत्रको जंगलमा तीन दिन देखी आगलागी - Pahilo Online

पाथीभरा क्षेत्रको जंगलमा तीन दिन देखी आगलागी

writer

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ। फावाखोलाको सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागेको स्थानीय कमल विष्टले जानकारी दिए।

डढेलो ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको विष्टले बताए। उक्त क्षेत्रमा पानीको पनि अभाव भएको र जंगलमा गभ्रे सल्ला भएकाले पनि डढेलो नियन्त्रणबाहिर रहेको छ। अहिले हावा जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको विष्टले बताए। उनका अनुसार आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ।

आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो देखिन्छ। यो क्षेत्र लोपुन्मुख रेडपाण्डाको वासस्थान भएको क्षेत्र हो। डढेलो नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटिएका छन्। (थाह खबर) 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes