झापामा जिपको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु - Pahilo Online

झापामा जिपको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु

writer

झापा । झपाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा जिपको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे १ ज २००४ नम्बरको जिपले बाटो काट्दै गरेका कमल–६ का ५३ वर्षीय झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक पण्डितका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes