हत्याको आरोपमा २ जना पक्राउ - Pahilo Online

हत्याको आरोपमा २ जना पक्राउ

writer

झापा । झापाको मेचीनगर नगरपालिका ९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसान, ब्यक्ति हत्याको आरोपमा पक्राउ परेका छन् । यही पौष ०३ गते आफ्नै घर अगाडी मृत फेला परेका स्थानीय ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले गौतमको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

मृत फेला परेका गौतमको शरिरमा बिभिन्न निल डाम तथा चोटपटक रहेको देखि गम्भिर रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका उनीहरुलाई पक्राउ गर्न सफल भएको हो भने पक्राउ परेका दुबै जनाले घटनामा आफ्नो संग्लग्नता रहेको साबिती बयान दिएसंगै निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै निजहरुले घटना घटाउन प्रयोग गरेको फलामको रिम र घटना भएको समयमा उनीहरुले लगाएका कपडा समेत बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes