जसपाद्वारा संसद् विघटनको विरोधमा विराटनगरमा प्रदर्शन - Pahilo Online

जसपाद्वारा संसद् विघटनको विरोधमा विराटनगरमा प्रदर्शन

writer

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलिले असंवैधानिक संसद् गरेको विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा प्रदर्शन गरेको छ। विराटनगरको संसारीमाईबाट निस्किएको ¥यालीसहितको विरोध प्रर्दशन घाँसचौकमा गएर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गदै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने कार्यलाई असंवैधानिक भएको भन्दै त्यसको विरुद्ध शसक्त आन्दोलन गर्ने बताएका छन्।

राजपा नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति निणर्य असंवैधानिक, लोकतन्त्रविरोधी र व्यवस्थाकै विपक्षमा रहेको पनि बताए। उनीहरुले संसद विघटना गर्ने असंवैधानिक कार्यलाई तत्काल फिर्ता नलिएसम्मका लागि सरकारको असंवैधानिक कदमको विरोधमा जिल्लाभर विराधका कार्यक्रमलाई निरन्तरता दिने उद्घोषसमेत गरेका छन्।

कोणसभालाई प्रदेश सांसद जयराम यादव, पार्टीका केन्द्रीय सदस्यहरु अमरेन्द्र शाह, तवरेज हक, भुराज राई, रामलाल सुतिहार, वसन्धरा झा, महमत फैजार सम्बोधन गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes