प्रदेश १ मा २८६ डिस्चार्ज, ३५ संक्रमित थपिए - Pahilo Online

प्रदेश १ मा २८६ डिस्चार्ज, ३५ संक्रमित थपिए

writer

मोरङ । प्रदेश १ मा आज २८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ७८१ पुगेको छ । प्रदेश १ मा आज ३५ संक्रमित थपिएका छन् । मोरंगमा १९, झापामा ६, सुनसरीमा ५, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १३, रतुवामाई र धनपालथानमा २–२ र रंगेली र बेलबारीमा १–१, झापाको दमक र शिवसताक्षीमा २–२, गौरादह र मेचीनगरमा १–१, सुनसरीको धरानमा २, इटहरी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, ते¥हथुमको फेदाप र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५२४ पुगेको छ ।  प्रदेश १ मा आज ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes