मोरङका दुई स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ - Pahilo Online

मोरङका दुई स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ

writer

मोरङ । मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार साँझ साँढे ६ बजे मोरङको रतुवामाई नगरपालिका २ बाट २ जना र आज बिहान पौने ७ बजे बिराटनगर महानगरपलिका १६ बाट १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ साँढे ६ बजे रतुवामाई नगरपालिका २ डोरीयाबाट उर्लावारी नगरपालिका ७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई नगरपालिका ५ का २१ बर्षीय धिरज पोखरेललाई नाईट्राभेट ६० ट्याब्लेट, डाईजेल्याब ४ एम्पुल, फेनारागन २ एम्पुल, फेनारामाईन २ एम्पुल र ब्रुफिनोफिन ४ एम्पुल सहित पक्राउ गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज बिहान पौने ७ बजे ईटहरी उपमहानगरपालिका ८ का २३ बर्षीय सुमन साह हलुवाईलाई लागुऔषध नाईट्राभेट ४० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes