धरानमा लागूऔषध ओसारपसारमा संलग्न पेस्तोलसहित दुईजना पक्राउ - Pahilo Online

धरानमा लागूऔषध ओसारपसारमा संलग्न पेस्तोलसहित दुईजना पक्राउ

writer

सुनसरी । धरानबाट दुई थान पेस्तोलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा लागूऔषध ओसारपसारमा संलग्न धरान १५ सयपत्री मार्गबाट सयपत्री मार्गका २७ वर्षीय देवीबहादुर लिम्बू र सोही वडाको महादेव चोकका २६ वर्षीय रन्सुर राई छन् ।

प्रहरीका अनुसार सोमबार दिउँसो २ बजे खानतलासी गर्दा लिम्बूको कोठामा रहेको लोबेडको घर्रामा लुकाएर राखेको मेडइन यूएसए लेखिएको म्याग्जिनसहितको अटोमेटिक पेस्तोल र निर्माण गर्ने मुलुक नखुलेको म्याग्जिन बिनाको एक थान पेस्तोल बरामद भएको थियो । पेस्तोल फेला पर्दा लिम्बूसँगै रन्सुर पनि थिए ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतकाअनुसार लागूऔषध कारोबारी पक्राउ गर्न जाँदा हतियार फेला परेको हो । उनले भने, ‘लागूऔषध त फेला परेन तर अवैधरुपमा लुकाएर राखेको दुई थान पेस्तोल फेला प¥यो ।’

उनीहरु दुवै लागूपदार्थका प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । लिम्बूले विदेश जान लागेको मात्र बयान दिएपनि के प्रयोजनका लागि कहाँबाट पेस्तोल ल्याएको हो त्यसबारे भने केही नभनेको डीएसपी बस्नेतले बताए । उनले भने, ‘धरानमा पछिल्लो समयमा लागूऔषधका कारोबारीहरुले अवैधरुपमा साना हतियार पनि राख्ने ट्रेन्ड देखिएको छ ।अनुसन्धान गरिरहेका छौं ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes