सुनसरीलाई सडक मानव मुक्त वनाउन पुष १० गते इटहरीमा वृहत कार्यक्रम - Pahilo Online

सुनसरीलाई सडक मानव मुक्त वनाउन पुष १० गते इटहरीमा वृहत कार्यक्रम

writer

सुनसरी । सुनसरीलाई सडक मानव मुक्त वनाउन पुष १० गते इटहरीमा वृहत कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारले प्रदेश १ लाई सडक मानवमुक्त वनाउने अभियान अन्र्तगत सुनसरी जिल्लामा पुष १० गते कार्यक्रम गर्न लागिएको हो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, सुनसरीका स्थानीय पालिकाहरु र मावन सेवा आश्रमको सहकार्यमा सुनसरीलाई सडकमानवमुक्त वनाउन लागिएको हो । पुष १० गते शुभारम्भ पार्टी प्यालेस इटहरीमा हुने कार्यक्रममा सुनसरीका १२ वटै पालिकाका सडक मानवहरुलाई भेला गराएर नुहाइदिने,केश काटिदिने र नयाँ लुगा प्रदान गरेर सहभोजको कार्यक्रम छ । उपप्रमुख गौतमका अनुसार सहभोजमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुखको सहभागिता रहने छ । कार्यक्रमको ब्यवस्थापन इटहरी उपमहानगरले गर्ने छ ।कार्यक्रम पछि सडक मानवहरुलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes