टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको लिग चरण पुरा - Pahilo Online

टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको लिग चरण पुरा

४ टिम सेमिफाइनलमा

writer

पथरी शनिश्चरे । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलको सेमीफाइनल समिकरण पुरा भएको छ । लिगचरणका खेलहरु आज सकिएसंगै सेमीफाइनल समिकरण पुरा भएको हो । ८ र ९ गते सेमीफाइनल तथा नकआउट चरणका खेलहरु हुनेछन् । आजको खेलमा दि रयल ब्रदर्शले टेन नवोदयलाई १–० गोल अन्तरले पछि पारेको छ । यी दुबैटिम सेमीफाइनल प्रवेश गरिसकेका छन् ।

खेलको १५ औँ मिनेटमा दि रियल ब्रदर्शका जर्सी नं. १४ का खेलाडी डम्बर मगरले वान भर्सेज वानमा उत्कृष्ट गोल गरे । मगरले गरेको गोल नै आजको निर्णायक गोल भएको हो । खेलको ३६ औँ मिनेटमा विशाल पाण्डेले डिबक्स नजिकबाट गरेको फ्रिकिक प्रहारले पोष्टको दिसा लिन सकेन । खेलको अतिरिक्त समयमा तिर्थ बस्नेतको उत्कृष्ट पासलाई सबिन लिम्बुले सदुपयोग गर्न सकेनन् । सविनको प्रहार बाहिरिएपछि दि रियलले थप गोल गर्न सकेन ।

खेल अवधिभर निकै दवावमा रहेको टेन नवोदयले पाएका अवसरको सदुपयोग गर्न नसक्दा आजको खेलमा हार व्यहोर्न पुग्यो । पहिलो हाफको अतिरिक्त समयमा घनश्याम चौहानले निकालेको पासलाई अंकित लिम्बूले हेड गरे, तर बलले पोस्टको दिसा लिन सकेन । ४९ औँ मिनेटमा राज तामाङले पाएको कर्नरलाई पनि जाली चुमाउन नसकेपछि टेन नवोदय स्तब्ध बन्यो । दोस्रो हाफमा खेलमा फर्किएको नवोदयले पाएका केही अवसरहरुको सदुपयोग गर्न नसकेपछि हार व्यहोर्न बाध्य भयो ।

प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच दि रियल ब्रदर्शका दिपेन माझी घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो । बुधबारको नकआउट चरणको खेल समुह ए बिजेता टिम श्रीजंगा र टेन नवोदय एफसी बिच हुने छ । सेमी फाइनलमा ९ गते समुह बि बिजेता टिम दि रयल ब्रदर्श र समुह ए उपबिजेता हेरिका न्यू स्टार बिच हुने टुङ्गो लागेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes