आगलागीबाट १ जनाको मृत्यु २ जना घाईते अन्दाजी ४ लाख बराबरको क्षति - Pahilo Online

आगलागीबाट १ जनाको मृत्यु २ जना घाईते अन्दाजी ४ लाख बराबरको क्षति

writer

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान राती साँढे १२ बजेको समयमा तत्माको बाँसको टाटीको गाह्रो र टिनको छाना भएको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा राजेश तत्माको १४ बर्षीय छोरा रविन दाश तत्माको जलेर मृत्यु भएको हो । उक्त आगलागीमा परी निजको श्रीमती ३२ बर्षीया ईन्दु देवी तत्मा र निजकै छोरा ७ बर्षीय किशन कुमार तत्मा घाईते भएका छन् । घाईतेको दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सो आगलागीमा परी निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जल्दा निजको अन्दाजी ४ लाख बराबरको क्षति भएको र उक्त आगलागी बिराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती साँढे १ बजे नियन्त्रणमा आएको ऊक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes