सोलुखुम्बुमा प्याराग्लाइडिङको उडान सफल परीक्षण - Pahilo Online

सोलुखुम्बुमा प्याराग्लाइडिङको उडान सफल परीक्षण

व्यवसायीकरुपमा प्याराग्लाईडिङ सञ्चालनको तयारी

writer

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ। बिहीबार यसको सफल परीक्षण उडान भएको हो। बिहीबार दिउँसो मध्यान्न १२ः१० बजे २६ सय मिटर अग्लो खार्चेबाट उडान सुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा ल्याण्ड गरिएको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिए।

प्याराग्लाईडिङ पाइलट पेम्बा वाङछु शेर्पाले आफ्नै गाउँको अकासमा उडाउनु पाउदा खुसी लागेको बताए। नेपालको विभिन्न क्षेत्रमा प्याराग्लाईडिङको उडान भर्दै आएका शेर्पाले सोलुखुम्बुको खरिखोला, वाकु र वाप्सा क्षेत्रमा यसको लागि उपयुक्त क्षेत्र रहेको बताए। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको लागि व्यवसायीकरुपमा प्याराग्लाईडिङ सञ्चालनको तयारी भइरहेको वडा अध्यक्ष ङिमादोर्जी शेर्पाले बताए।

सगरमाथा क्षेत्र लुक्ला नाम्चे जानको लागि सडक मार्गको नजिक पर्ने उक्त क्षेत्रमा पर्यटकको लागि प्याराग्लाईडिङ उपयुक्त हुने वडा अध्यक्ष शेर्पाको भनाई छ। अब यसलाई नियमितरुपमा व्यवसायीक ढंगले सञ्चालनको तयारी भईरहेको भन्दै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

आकासमा हवाइजहाज अनि चरा उडेको देखेका स्थानीयहरुले आफनै गाउँठाउँको आकासमा पहिलो पटक प्याराग्लाइडिङ उडेको देख्दा अचम्मित बनेका छन्। पर्यटक गाइडसमेत रहेका स्थानीय पासाङकाजी शेर्पाले हिमाल हेर्न र चढ्नको लागि आउने स्वादेशी तथा विदेशी पर्यटकले प्याराग्लाईडिङको समेत आनन्द लिन सक्ने हुँदा पर्यटन प्रवर्द्धनमा यसले महत्वपूर्ण सहयोग गर्ने दाबी गरे।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes