सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन - Pahilo Online

सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन

writer

काँकडभिट्टा । कोरोनाका कारण विगत ९ महिनाबाट बन्द नेपाल–भारतको सीमा नाका खुलाउन माग गर्दै स्थानीय व्यवसायीहरुले काँकडभिट्टामा शुक्रबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । नाका बन्द हुँदा होटल, ट्राभल र यातायात व्यवसायमा क्षति पुगेको भन्दै स्थानीय व्यवसायीले नाका तत्काल खोल्न चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

‘हवाइ, शिक्षण संस्था, बजार आदि सबै क्षेत्र खुला हुँदा समेत नाका नखोल्दा समस्या भएको छ,’ झापा ट्राभल संघका अध्यक्ष निरबहादुर कार्कीले भने,‘अझै नाका सुचारु नगरि कडा भन्दा कडा आन्दोलन गर्ने छौं ।’ नाका नखुल्दा सीमावर्ती क्षेत्रमा व्यवसाय गर्ने अधिकांश मारमा परेको कार्कीले जनाए ।

नाका खुलाउन माग गर्दै बुधबार भएको शान्तिपूर्ण रÞ्यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो । लगत्तै होटल, यातायात र ट्राभल व्यवसायीहरुको सर्वपक्षीय भेलाले नागरिक स्तरबाट थप आन्दोलन गर्ने निर्णय गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठले जनाए । ‘होटल, ट्राभल र यातायात व्यवसायीको आन्दोलनलाई नागरिक समाजले ऐक्यबद्धता जनाएको छ,’ श्रेष्ठले भने,‘नाका नखोले आन्दोलन अझै सशक्त बनाउँदै लैजाने छौं ।’

श्रेष्ठकै संयोजकत्वमा ‘मेचीनगर नागरिक खुला सीमा संघर्ष समिति’ समेत गठन भएको छ । शुक्रबार करिब दुई सय व्यवसायीले नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । परिक्रमापछिको कोण सभालाई होटल व्यवसायी राजु अधिकारी, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष विना तामाङलगायतले सम्बोधन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes