दुई दिन बिदा दिने सरकारको प्रस्ताव - Pahilo Online

दुई दिन बिदा दिने सरकारको प्रस्ताव

writer

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अघि सारेको छ । यो प्रस्तावलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले दुई दिन सार्वजनिक बिदा दिने अवधारणा सही रहेको दाबी गरेका छन् । शुक्रबार पर्यटन मन्त्रालयमा कर्मचारी लगायत सबैलाई दुई दिनको बिदाले पुर्नताजगी गराउने र आन्तरिक पर्यटनलाई पनि टेवा दिने भएकोले सरकारले अघि सारेको प्रस्ताव उचित रहेको बताए ।

मन्त्री भट्टराईले तत्काल बिदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउन तयारी गर्नु पर्ने पनि उल्लेख गरे । सरकारले आन्तरिक भ्रमण वर्ष भनेर घोषणा नगरे पनि यसैलाई जोड दिनेगरी बनाइरहेको उनको भनाइ थियो । कोरोनाको जोखिम रहेकाले विदेशी पर्यटक आइहाल्ने अवस्था नभएकोले स्वास्थ्यका मापदण्ड पुरा गरेर पर्यटन बजारलाई बढाउन मन्त्री भट्टराईले ब्यबसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा मन्त्रालयका पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनन्जय रेग्मी, होटल एसोसिएसन नेपालकी अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कोभिडले नेपाली पर्यटन र पर्यटन अर्थ ब्यबस्थामा परेको प्रभाव बारे कार्यपत्र प्रस्तुत गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes