शिखर एफसी पथरी शनिश्चरे प्रिमियर लिगबाट बाहिरियो - Pahilo Online

शिखर एफसी पथरी शनिश्चरे प्रिमियर लिगबाट बाहिरियो

writer

पथरी शनिश्चरे । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलको आजको खेलमा हेरिका न्यू स्टार बिजयी भएको छ । खेलको ७ औँ मिनेटमा हेरिका न्यू स्टारका जर्सि नं. ४ का खेलाडी मिन धिमालले गरेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै जर्सी नं. १० का विवेक लिम्बूले हेड मार्फत गरेको गोल नै निर्णयक बन्यो । खेल अवधिभर निकै प्रयास गरेता पनि न्यूस्टारका अगाडी शिखर एफसी निरिह बन्यो ।

यसपछि पनि हेरिका न्यू स्टारले निकै अवसरहरु पाएको थियो । १४ औँ मिनेटमा अजय धिमालले गरेको कर्नर किक बिफल भएको थियो । २३ औँ मिनेटमा रमेश लिम्बूले प्रहार गरेको उत्कृष्ट फ्रिकिक पनि गोलमा परिणत हुन नसकेपछि खेलमा न्यूस्टार थप गोल गर्नबाट चुक्यो ।

शिखर एफसीका सुरेश गुरुङले खेलको १० औँ मिनेटमा उत्कृष्ट कर्नर प्रहार गरेका थिए तर बलले पोस्टको दिसा लिन सकेन । १२ औँ मिनेटमा पूनः सुरेशले नै प्रहार गरेको कर्नर न्यू स्टारका मिन धिमालले हेड मार्फत बचाए पछि शिखर एफसी अंक सुम्पन बाध्य भयो । आजको खेलमा जित हांसिल गरेपछि हेरिका न्यू स्टारले ४ अंक बनाएको छ । आजको खेलमा हार व्यहोरेसंगै शिखर एफसी खेलबाट बाहिरिएको छ ।

प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच हेरिका न्यू स्टारका खेलाडी महेन्द्र मगर घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो । शनिबारको तेस्रो चरणको खेल हिमाअस हाइवे र श्रीजंगा एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes