प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए - Pahilo Online

प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए

writer

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३९० पुगेको छ ।

प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १४, मोरंगमा १२, झापामा ६, ताप्लेजुङमा २, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ७, धरानमा ५ र रामधुनीमा २, मोरंगको विराटनगरमा ५, केराबारी र ग्रामथानमा २–२, उर्लाबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर र बुद्धशान्तिमा १–१, ताप्लेजुङको पाथीभरा याङवरक र मैंवाखोलामा १–१, संखुवासभाको खाँदबारी र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार २३० पुगेको छ । प्रदेश १ मा आज ५६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३ हजार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes