दलित सेवा संघ मार्फत दलित युवाहरुका लागि १ महिने निःशुल्क ड्राइभिङ तालिम सुरु - Pahilo Online

दलित सेवा संघ मार्फत दलित युवाहरुका लागि १ महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

writer

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे १० मा दलित सेवा संघ मार्फत दलित युवाहरुका लागि १ महिने निःशुल्क ड्राइभिङ तालिम सुरु भएको छ । आज तालिमको कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्यले उद्घाटन् गर्दै दलित समुदायको उत्थानमा सहयोग पुर्याउने उद्धेश्यले आयोजित तालिमले रोजगार बन्ने अवसर प्राप्त हुने बताइन् ।

कार्यक्रममा, वडा सदस्य मनकुमारी विश्वकर्मा, समाजसेवी इन्द्रकुमारी लिम्बू, सञ्जीव भण्डारीले मन्तव्य व्यक्त गरे । वडा कार्यालयको दलित लक्षित १ लाख रुपैयाँको बजेटमा सञ्चालित तालिममा वडाका ८ जनाको सहभागिता रहेको संघका कुबेरमान घतानीले जनाए । उद्घाटन कार्यक्रम संघकी वडा संयोजक उर्मिला महराको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes