आजको खेलमा दि रियल ब्रदर बिजयी, देविगञ्ज ३–२ गोल अन्तरले पराजित - Pahilo Online

आजको खेलमा दि रियल ब्रदर बिजयी, देविगञ्ज ३–२ गोल अन्तरले पराजित

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा जारी प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रीमियर लिगको बिहिबारको खेलमा द रियल ब्रदर बिजयी भएको छ । देबिगञ्ज एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै रियल ब्रदर लिगको दोश्रो स्थानमा उक्लिएको हो। पहिलो हाफमा खेलको अग्रता भने देबिगञ्जले लिएको थियो ।खेलको १३ औं मिनेटमा बिजय लिम्बुले गोल गर्दै देविगञ्जलाई अग्रता दिलाएका थिए । सन्तोष न्यौपानेको प्रहारलाई अनमार्कमा रहेका लिम्बुले सुन्दर ढङ्गबाट जाली चुमाए ।

खेलको २९ औं मिनेटमा रियलका सुजन खत्रीले गोल गरे । सबिन लिम्बुको प्रहारलालाई गोल रक्षक मन कुमार मगरले नियन्त्रण लिन नसक्दा रिबाउड बललाई सुजन खत्रीले गोल गरेका हुन् । खेलको ४७ औं मिनेटमा रियलका देवराज गुरुङले गोल गरे । देबिगञ्जका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउदै गुरुङले गरेको प्रहार गोल रक्षक मन कुमार मगरले नियन्त्रण लिन नसक्दा गुरुङले रिवाउण्ड बललाई जाली चुमाए ।

६४ औं मिनेटमा देबिगञ्जका कप्तान सन्तोस न्यौपानेको कर्नर प्रहारलाइ दिपक राईले गोल गरे । इन्जुरी टाइमको अन्तिम मिनेटमा रियलका कप्तान तिर्थ राज बस्नेतले गोल गरेर टिमलाई जित दिलाए । बिशाल पाण्डेको पासलाई बस्नेतले जाली चुमाएका हुन् । प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच रियलका तिर्थराज बस्नेत घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

शुक्रबारको खेल शिखर एफसी र हेरिका न्यु स्टार बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes