६ वर्षदेखि बन्द काँगेलडाँडा विमानस्थलमा सफल परीक्षण उडान - Pahilo Online

६ वर्षदेखि बन्द काँगेलडाँडा विमानस्थलमा सफल परीक्षण उडान

प्रत्येक साता मंगलबार उडान तालिका

writer

सोलुखुम्बु । ६ वर्ष देखि बन्द रहेको सोलुखुम्बुको काँगेलडाँडा विमानस्थलमा सफल परीक्षण उडान भएको छ। नेपाल वायु सेवा निगमको विमानले मंगलबार परीक्षण उडान भरेको नेपाल नागरिक उड्डयान प्राधिकरणले जनाएको छ।

क्याप्टेन पेम्बा शेर्पाको नेतृत्वमा चालक दलका तीन सदस्यसहित १४ यात्रु लिएर उक्त विमान काँगेलडाँडा आएको र सोही संख्याको यात्रु लिएर काठमाडौं फर्किएको प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए। ६ वर्षदेखि विमानस्थल बन्द हुँदा त्यहाँ कार्यरत प्राधिकरणका कर्मचारी अन्यत्र काजमा खटाइएको छ। त्यसैले परीक्षण उडानका लागि फाप्लु विमानस्थलका कर्मचारी परिचालन गरी उडान गराइएको थियो।

नेपाल वायु सेवा निगम र थुलुङ दुधकोशी गाउँपालिकाबीच भएको सम्झौताअनुसार उडान सेवा सुरु भएको गाउँपालिका अध्यक्ष असीम राईले बताए। अध्यक्ष राईका अनुसार प्रत्येक साता मंगलबार उडान तालिका राखिएको छ भने जसका लागि आवश्यक १६ सिटको ग्यारेन्टी गाउँपालिकाले गर्नुपर्ने छ। सम्झौताअनुसार गाउँपालिकाले १० लाख रुपैयाँ धरौटी रकम जम्मा गर्नुपर्नेछ। यात्रु संख्या कम हुँदा नेपाल वायु सेवा निगमले सोही रकम कट्टा गरी लिनेछ।

विमानस्थल बन्द हुँदा सोलुखुम्बुको तल्लो र खोटाङका माथिल्लो क्षेत्रका नागरिकलाई समस्या भएको स्थानीय गुनासो गर्दै आएका थिए। सोही विषयलाई मध्यनजर राख्दै स्थानीय, प्रदेश र संघीय सरकारको पहलमा पुनः उडान सेवा सुरु गरिएको अध्यक्ष राईको भनाइ छ। उक्त विमान स्थलको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले गत कात्तिक २१ मा निरीक्षण गरेका थिए। निरीक्षणको क्रममा मंसिर तेस्रो सातादेखि उडान सेवा सुरु गर्ने बताएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes