आजको खेलमा वाइ.जी.एफ.टी. माथि टेन नवोदय बिजयी - Pahilo Online

आजको खेलमा वाइ.जी.एफ.टी. माथि टेन नवोदय बिजयी

writer

पथरी शनिश्चरे । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा टेन नवोदय बिजयी भएको छ । वाइ.जी.एफ.टी. संगको खेलको १६ औँ मिनेटमा टेन नवोदयका जर्सि नं. १० का खेलाडी घनश्याम चौहानले गरेको गोल नै निर्णयक बन्यो । कर्नर पासबाट आएको गोल रोक्न खोज्दा गोल रक्षक चेतन खतिवडाको हातबाट फुस्किएपछि चौहानले उत्कृष्ट गोल गर्न सफल भएका हुन् । यसपछि पनि घनश्यामले पटक पटक पाएका सुनौला अवसरलाई गोलको दिसा दिन नसक्दा थप गोल गर्न नसकेपछि टेन नवोदयले १–० मै चित्त बुझायो ।

टेन नावेदयका सनम मुडियारीले गरेको प्रहारले जाली चुम्न सकेन । वाइ.जी.एफ.टी.का निमोन लिम्बूको उत्कृष्ट फ्रिकिकले जाली चुम्न सकेन । निमोनसंगै सुमन राई लगायतको निरन्तरको प्रहार बिफल भएपछि आइ.जि.एफ.टी.ले टेन नवोदयलाई अंक सुम्पन बाध्य भयो । आजको खेलमा जित हांसिल गरेपछि टेन नवोदयले ६ अंक बनाएको छ ।

प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो । बिहिबारको दोस्रो चरणको खेल देवीगञ्ज एफसी र दि रियल ब्रोदर एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes