संक्रमणका कारण रोकिएको अपाङ्गता परिचयपत्र वितरणको कार्य सूचालु - Pahilo Online

संक्रमणका कारण रोकिएको अपाङ्गता परिचयपत्र वितरणको कार्य सूचालु

writer

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा कोरोना भाइरस संक्रमणका कारण रोकिएको अपाङ्गता परिचयपत्र वितरणको कार्य सूचालु भएको छ । अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिमार्फत आज ८ जनालाई परिचयपत्र वितरण गरिएको छ । नगर उपप्रमुख एवम् समिति संयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, नगर अस्पतालका डाक्टर सावन मेहता सहितको टोली परीक्षणपछि परिचयपत्र वितरण गरेको हो ।

जसमा, पूर्ण अशक्त (रातो कार्ड) १ जनाले, अति अशक्त (नीलो कार्ड) २ जनाले, मध्यम अशक्त ( पहेंलो कार्ड) ३ जनाले र सामान्य अशक्त (सेतो कार्ड) २ जनाले प्राप्त गरेको महिला तथा बालबालिका शाखाकी कर्मचारी विमला अधिकारीले जनाउनु भयो । अस्पतालका डाक्टरहरुको प्रत्यक्ष परीक्षणमा अवस्थाको वर्गिकरण गरी नयाँलाई परिचयपत्र दिने र पुरानाको नवीकृत गर्ने काम नगरपालिकामार्फत हुँदै आएको छ । अव प्रत्येक महिनाको ३० गते परिचयपत्र वितरण हुने भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes