पथरी शनिश्चरे प्रिमियर लिगको आजको सिरिजङ्गा विजयी - Pahilo Online

पथरी शनिश्चरे प्रिमियर लिगको आजको सिरिजङ्गा विजयी

writer

पथरी शनिश्चरे । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा आजको खेलमा सिरिजङ्गा फुटबल क्लव बिजयी हुदै ६ अंक जोडेको छ । प्रस्तावित पथरी रंगशालामा सम्पन्न खेलमा शिखर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सिरिजङ्गाले लिगको अंक तालिकामा ३ अंक थपेको हो ।

योसँगै २ खेल खेलेको सिरिजङ्गाले दुवै खेलमा जित हात पार्दै ६ अंक जोडेको हो ।खेलको ४९ औँ मिनेटमा सिरिजङ्गाका मंजिल खड्काले टिमका लागि पहिलो गोल गरेका थिए । खेलको ५९ औँ मिनेटमा सिरिजङ्गाका दिल कुमार याक्सोलाई लडाएर पाएको फलको सदुपयोग गर्दै जहरमान चेम्जोङ्गले फ्री किक मार्फत जाली चुमाएका थिए । उनको गोल नै सिरिजङगालाई नतिजा आफ्नो पक्षमा पार्न निर्णायक बनेको थियो ।२–० ले पछाडी परेको शिखर फुटबल क्लबका लागि ७९ औँ मिनेटमा सौरज राउतले जवाफि १ गोल गरे पनि हार टार्न सकेन ।

दुवै टिमका लागि प्राप्त केही अवसरहरु सदुपयोग हुन सकेन । खेलको ३५ औँ मिनेटमा सिरिजङ्गाका प्रताप चेम्जोङ्गको पासमा दिल कुमार याक्सोले पाएको अवसर चुकेको थियो । खेलको १७ औँ मिनेटमा शिखर फुटबल क्लबका साइमन लिम्बुको पासमा निरज परियारले उत्कृष्ट हेड गरे पनि गोल हुन सकेन । आजको खेलको सोनालिका म्यान अफ दि म्याच सिरिजङ्गाका जहरमान चेम्जोङ्ग भएका छन् ।

लिग अन्तर्गत भोलीको खेल टेन नवोदय र वाई.जी.एफ.टी विच हुनेछ । लिगकम नकआउट शैलीमा मोफसलमा पहिलो पटक खेलाडी लिलाम बिक्रीबाट छनौट गरि खेल आयोजना गरिएको हो । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes