झापा । झापाको मेचीनगर नगरपालिका ७ बाट आईतवार बेलुका पौने ६ बजे नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । उक्त स्थानमा पैदल हिडिरहेका सुन्दरहरैचा नगरपालिका ४ का १९ बर्षीय सौरभ बस्नेत, उर्लावारी नगरपालिका ९ का ३० बर्षीय चन्द्र गुरुङ र ईलामका २३ बर्षीय समर तामाङलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध डाईजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।