पथरी शनिश्चरे प्रिमियर लिगमा दि रियल ब्रोदर र वाइ.जि.एफ.टी.ले बराबरी खेले - Pahilo Online

पथरी शनिश्चरे प्रिमियर लिगमा दि रियल ब्रोदर र वाइ.जि.एफ.टी.ले बराबरी खेले

writer

पथरी शनिश्चरे । पथरीशनिश्चरे नगरपालिकामा जारी प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा दि रियल ब्रोदर र वाइ.जि.एफ.टी.ले बराबरी खेलेका छन् । खेलको ११ औँ मिनेटमा दि रियल ब्रोदरका सुजन खत्रीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ८१ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै वाइ.जि.एफ.टी.ले गोल गर्न सफल भयो । डिबक्स एरियामा फल गरेपछि वाइ.जि.एफ.टी.का निमन लिम्बूले गोललाई जाली चुमाएका हुन् ।

खेलअवधिभर दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलको दोस्रो हाफमा रक्षात्मक खेलेको रियल ब्रोदरले अग्रता जोगाउन सकेन । बराबरी खेलेपछि दुवैटिमले १–१ अंक बाँडेका छन्। प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच वाइ.जि.एफ.टी.का खेलाडी संजय लिम्बू घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

सोमबारको खेल हिमाअस हाइवे र हेरिका न्यूस्टार बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes