तेह्रथुममा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु - Pahilo Online

तेह्रथुममा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

writer

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका ६ सुदापमा पोखरीमा पौडी खेल्ने क्रममा तिन जना बालिकाको मृत्यु भएको छ । सुदापको च्यात्लुङमा प्रगती कृषि समुहले सिंचाईको लागी निर्माण गरेको प्लास्टिकको पोखरीमा पौडी खेल्न गएका स्थानीय ईन्द्र बहादुर लिम्बुका दुई छोरीहरु ७ बर्षीया रन्जना लिम्बु र ५ बर्षीया रोजनी लिम्बु तथा देवेन्द्र लिम्बुको ८ बर्षीया छोरी सुहाना लिम्बु उक्त पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । शनिवार साँझ साँढे ६ बजे उक्त पोखरीमा बालिकाकाहरु डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको तथा शव परिक्षणको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes